दुई वाणिज्य बैंक सहित तीन कम्पनीको बोनस सूचीकृत, खातामा प्राप्त भएपछि कारोबार गर्न सकिने

Mar 22, 2019 Merolagani



दुई वाणिज्य बैंक सहित तीन कम्पनीले गत आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट वितरण गरेका बोनस कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। चैत ८ गते एनएमबि र सिटिजन्स बैंक तथा बुटवल पावर कम्पनीले बोनस सूचीकृत गराएका हुन् ।

स्टकका अनुसार तीनवटै कम्पनीको गरि कूल एक करोड ३८ लाख ७७ हजार ७५ दशमलव ९५ कित्ता शेयर सूचीकृत भएको छ। जसमध्ये एनएमबि बैंकको ८७ लाख ४३ हजार ७८४ दशमलव २२ कित्ता, सिटिजन्स् बैंकको २९ लाख १४ हजार ४५७ दशमलव ७३ कित्ता र बुटवल पावरको २२ लाख १८ हजार ८३४ कित्ता बोनस सूचीकरण भएको हो। 

एनएमबिको गत पुस २६ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस (८७ लाख ४३ हजार ७८४ दशमलव २२ कित्ता) र २० प्रतिशत नगद (एक अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८४५ रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

यसैगरि सिटिजन्स बैंकको गत पुस ३० गते सम्पन्न बाह्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ का नाफाबाट चुक्ता पूँजीको ३.६३ प्रतिशत बोनस (२९ लाख १४ हजार ४५७ दशमलव ७३ कित्ता) र १.६० प्रतिशत नगद (१३ करोड १३ लाख ५६ हजार १४३ रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

उता बुटवल पावरले पुस २७ गते सम्पन्न २६ औं वार्षिक वार्षिक साधारण सभा गरी १० प्रतिशत बोनस (२२ लाख १८ हजार ८३४ कित्ता) र १८ प्रतिशत नगद (३९ करोड ९३ लाख ९० हजार १२० रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

तीनवटै कम्पनीले गत आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट वितरण गरेको बोनस शुक्रबार सूचीकरण भएसँगै सम्बन्धित कम्पनीका शेयरधनीले उक्त बोनस शेयर शेयरधनीले डिम्याट खातामा प्राप्त गरेपश्चात नेप्सेमा खरिद बिक्री गर्न सक्नेछन्।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।