Mon, Aug 24, 2026
नेपाल स्टक एक्सचेञ्जमा चैत १८ गते सोमबार १६ लाख ४५ हजार ७९८ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको छ। तीन कम्पनीको बोनस र हकप्रद गरि सो परिमाणमा शेयर सूचीकरण भएको हो।
स्टकका अनुसार सांग्रिला डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको बोनस शेयर तथा लुम्बिनी विकास बैंकको हकप्रद सूचीकरण भएको हो। सूचीकरणसँगै सम्बन्धित बैंकका शेयरधनीले उक्त शेयरहरु खरिद बिक्री गर्न सक्नेछन्। सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले १० लाख २ हजार ५५४ कित्ता बोनस शेयर सूचीकरण गराएको हो। बैंकको गत पुस ३० गते सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजी दुई अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँको ४ प्रतिशत बोनस शेयर र ५.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो। सोही बोनस अहिले सूचीकरण गरिएको हो। यसैगरि सिन्धु विकास बैंक (SINDU) को २ लाख ८० हजार ८०८ दशमलव १६ कित्ता बोनस शेयर सूचीकृत भएको छ। सिन्धुको गत असार ३१ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट चुक्ता पूँजीको ५.९५ प्रतिशत बोनस पारित भएको थियो । सोही बोनस शेयर सोमबार बल्ल सूचीकृत भएको हो। उता लुम्बिनी विकास बैंक (LBBL) ले पनि सोमबार नै ३ लाख ६२ हजार ४३६ दशमलव ४४ कित्ता हकप्रद शेयर सूचीकृत गराएको छ । बैंकले २०७४ माघ ११ देखि फागुन २३ सम्म चुक्ता पूँजीको १० प्रतिशत हकप्रद निष्काशन गरि अवितरित शेयर लिलाम बढाबढमा बिक्री गरि सूचीकरण गर्न बाँकी उक्त परिमाणको संस्थापक शेयर सोमबार सूचीकरण भएको हो ।
स्टकका अनुसार सांग्रिला डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको बोनस शेयर तथा लुम्बिनी विकास बैंकको हकप्रद सूचीकरण भएको हो। सूचीकरणसँगै सम्बन्धित बैंकका शेयरधनीले उक्त शेयरहरु खरिद बिक्री गर्न सक्नेछन्।
सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले १० लाख २ हजार ५५४ कित्ता बोनस शेयर सूचीकरण गराएको हो। बैंकको गत पुस ३० गते सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजी दुई अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँको ४ प्रतिशत बोनस शेयर र ५.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो। सोही बोनस अहिले सूचीकरण गरिएको हो।
यसैगरि सिन्धु विकास बैंक (SINDU) को २ लाख ८० हजार ८०८ दशमलव १६ कित्ता बोनस शेयर सूचीकृत भएको छ। सिन्धुको गत असार ३१ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट चुक्ता पूँजीको ५.९५ प्रतिशत बोनस पारित भएको थियो । सोही बोनस शेयर सोमबार बल्ल सूचीकृत भएको हो।
उता लुम्बिनी विकास बैंक (LBBL) ले पनि सोमबार नै ३ लाख ६२ हजार ४३६ दशमलव ४४ कित्ता हकप्रद शेयर सूचीकृत गराएको छ । बैंकले २०७४ माघ ११ देखि फागुन २३ सम्म चुक्ता पूँजीको १० प्रतिशत हकप्रद निष्काशन गरि अवितरित शेयर लिलाम बढाबढमा बिक्री गरि सूचीकरण गर्न बाँकी उक्त परिमाणको संस्थापक शेयर सोमबार सूचीकरण भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।