युनियन हाइड्रोपावरको आईपिओमा साढे ३५ हजारले गरे आवेदन

Apr 05, 2019 Merolagani



युनियन हाइड्रोपावर कम्पनी (UHCL) ले चैत १३ देखि खुला गरेको साधारण शेयर (आईपिओ) मा चैत २१ गते बिहीबारसम्म साढे ३५ हजार जनाले आवेदन गरेका छन् ।

युनियन हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटका अनुसार साढे ३५ हजार आवेदनबाट २८ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख ४२ हजार कित्ता शेयर माग भएको जनाएकाे छ । 

युनियन हाइड्रोपावरले चैत १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशनमा ल्याएको हो। कूल निष्काशित आईपिओमध्ये ७० हजार ६८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ। ३४ लाख ६३ हजार ६५४ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यस अनुसार अझै ६ लाख २१ हजार कित्ता शेयर मात्र बिक्री हुन बाँकी छ ।

युनियनले आईपिओमा चैत १७ गतेसम्म सबै शेयर बिक्री नहुँदा आवेदन गर्ने समय लम्बिएको हो । अब ढिलोमा बैशाखा १२ गतेसम्म खुला रहनेछ भने आवश्यक आवेदन परेको खण्डमा जुनसुकै समयमा पुर्व सूचना दिएर बिक्री प्रबन्धकले निष्काशन बन्द गर्न सक्नेछ। 

आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ ।धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका सार्थ मेरो शेयर सफ्टवेयरबाट पनि आईपिओ भर्न सकिन्छ।

इक्रा नेपालले कम्पनीको आईपिओलाई औसतभन्दा तल आधार जनाउने 'इक्रा एनपी आईपिओ ग्रेड ५' रेटिङ्ग प्रदान गरेको छ। ग्रेड फाइभ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था कमजोर आधार रहेको बुझाउँछ।

युनियन हाइड्रोपावरले निमार्ण गरेको ३.३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ भने २३ मेगावाटको मेवाखोला प्रोजेक्ट निर्माणको अनुमति पाएको छ । हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपैयाँ छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।