हिमालय उर्जाको आईपिओमा ३.७६ गुणा बढी आवेदन

Apr 09, 2019 Merolagani

हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) को आईपिओमा ३.७६ गुणा बढी आवेदन परेको छ। चैत्र २० गतेदेखि आईपिओ निष्काशन गरेको कम्पनीको शेयरमा दिन अन्तिम दिन चैत २५ गते सोमबारसम्ममा साे माग परेको हो।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार अन्तिम दिन चैत २५ गते सोमबारसम्म ५१ करोड ३७ लाख ५५ हजार रुपैयाँको आवेदन परेको छ। ७२ हजार बढी आवेदनबाट ५१ लाख ३७ हजार ५५० कित्ता शेयर माग भएको बिक्री प्रबन्धकले जनाएको छ।

आईपिओमा न्यूनतम ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ६ हजार ५०० कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाइने व्यवस्था थियो। आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने इक्रा एनपि आईपिओ ग्रेड ४ रेटिङ्ग दिएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १३ लाख ६६ हजार २०० कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो।

कम्पनीले जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो। जसमध्ये ४४ हजार ५५० कित्ता कर्मचारीहरु र ७४ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएर बाँकी शेयर सर्वधारणमा बिक्रीमा ल्याएको हो ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई (II)  गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ।

विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेगावाट निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ। यसरी हेर्दा प्रति मेगावाट लागत करिब १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।