चौतारी लघुवित्तले कमायो करिब दुई करोड खुद नाफा

Apr 17, 2019 Merolagani



चौतारी लघुवित्त वित्तिय संस्था (CHLBS) ले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १८४.१३ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको यसै अवधिमा ६५ लाख ४२ हजार खुद नाफा आर्जन गरेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

यस अवधिमा लघुवित्तले चुक्ता पूँजी ७८५.७१ प्रतिशतले बढाएर २ करोड १० लाखबाट १८ करोड ६० लाख रुपैयाँ पुर्याएको छ। जगेडा कोषमा ३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। यो गत वर्षको यसै अवधिको तुलनामा ७ करोड ५९ लाख रुपैयाँले कम हो। 

लघुवित्तले निक्षेप संकलनमा १२५ प्रतिशतले सुधार गर्दै ३९ करोड ७५ लाख रुपैयाँ पुर्याएको भने कर्जा परिचालन ११६.९७ प्रतिशतले बढाएर एक अर्ब ३३ करोड ४५ लाख रुपैयाँ बराबरको रकम परिचालन गरेको छ । यसका लागि लघुवित्तले ७४ करोड ३९ लाख रुपैयाँ सापटी लिएको छ।

यस अवधिमा लघुवित्तले ६ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ८६.१४ प्रतिशतले बढी हो।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.९१ बट घटेर ०.७२ प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ४ पैसा र मूल्य आम्दानी अनुपात ४५.७६ गुणा बढी छ।

लघुवित्तले गत मंसिरमा सर्वसाधारणमा ६ लाख कित्ता साधारण शेयर जारी गरेको थियो। कम्पनीको नेप्सेमा पुस १९ गते बिहीबारदेखि शेयर कारोबार खुलेको थियो। हाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ५०० रुपैयाँ धेरै रहेको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।