दोस्रो त्रैमासमा ३७ लाख नाफामा रहेको बरुण हाइड्रो तेस्रो त्रैमासमा साढे २१ लाख नोक्सानीमा

Apr 23, 2019 Merolagani

बरुण हाइड्रोपावर कम्पनी (BARUN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ लाख ५४ हजार रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजानिक गरेको छ। दोस्रो त्रैमासमा ३७ लाख ४२ लाख हजार खुद नाफा कमाएको हाइड्रोपावर कम्पनीले नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा भने नोक्सानी ३३ लाख ९१ हजार रुपैयाँले सुधार भएको छ । गत वर्षको यहि अवधिमा ५५ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा थियो । 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा ७३ लाख ९७ हजार रुपैयाँ भन्दा बढीले घटेका छ । दोस्रो त्रैमासमा विद्युत बिक्रीबाट एक करोड ८२ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले तेस्रो त्रैमासमा १ करोड ८ लाख २६ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

कम्पनीले कुल एक करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७९ पैसा, प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ९५ पैसा, मूल्य आम्दानी अनुपात ९.५५ गुणा बढी छ ।

२५ करोड ५१ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ करोड ५३ लाख रुपैयाँ संचित छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।