तीन हाइड्रोपावर सहित चार कम्पनीको आईपिओमा कति पर्याे आवेदन ?

Apr 25, 2019 Merolagani



तीन हाइड्रोपावर सहित चार कम्पनीको आईपिओमा आवेदन गर्न लगानीकर्ताहरुले तिब्र रुची देखाएका छन् । युनियन हाइड्रोपावरको शेयर बिक्री हुन महिना दिन लागे पनि अन्य कम्पनीको आइपिओमा आवेदन गर्नेको संख्या भने अधिक देखिएको छ ।

बैशाख १२ गते बिहीबार युनियन हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, सञ्जेन जलविद्युत र गणपति माइक्रोफाइनान्सको आवेदन समय सकिएको छ । चैत १३ देखि आईपिओ खुला गरेको युनियन हाइड्रोपावर शेयर बिक्न महिना दिन लागे पनि बैशाख ६ गते दखि शेयर निष्काशन गरेका रसुवागढी र सान्जेन जलविद्युत कम्पनी र ९ गते देखि आईपिओ खुला गरेको गणपति माइक्रोफाइनान्सको शेयरमा अधिक आवेदन परेको हो ।

युनियन हाइड्रोपावरको आईपिओमा करिब ३७ करोडको आवेदन

युनियन हाइड्रोपावरले चैत १३ देखि खुला गरेको साधारण शेयर (आईपिओ) मा ३६ करोड ८९ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । हाइड्रोपावरको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजे सम्ममा ४७ हजार १६४ आवेदनबाट ३६ लाख ८९ हजार १९० कित्ता शेयर माग गरेका छन् ।

युनियन हाइड्रोपावरले चैत १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कूल निष्काशित आईपिओ मध्ये ७० हजार ६८६ कित्ता हाइड्रो पावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । भने बाँकी रहेको ३४ लाख ६३ हजार ६५४ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

रसुवागढीमा १.८९ र साञ्जेन जलविद्युतको आईपिओमा २.८३ गुणा बढी आवेदन

रसुवागढी हाइड्रोपावरको आईपिओमा १.८९ गुणा बढी आवेदन परेको छ । रसुवागढी हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १ करोड ७६ लाख ५ हजार २१० कित्ता शेयर माग भएको छ ।

हाइड्रोपावरको आईपिओमा ३ लाख ७ हजारले एक अर्ब ७६ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याइएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

यस्तै साञ्जेन जलविद्युत्तको आईपिओमा २.८३ गुणा बढी आवेदन परेको छ । बिहीबार पाँच बजे सम्ममा एक अर्ब ४१ करोड १५ लाख २० हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । ३ लाख ३ हजार ६८७ आवेदनबाट १ करोड ४१ लाख १५ हजार २०० कित्ता शेयरको लागि आवेदन परेको छ ।

साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको थियो ।

गणपति माइक्रोफाइनान्समा करिब साढे २१.५५ गुणा बढी आवेदन

गणपति माइक्रोफाइनान्सको आईपिओमा २१.५५ गुणा बढी आवेदन परेको छ। माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बिहीबार साँझ सम्ममा ३ लाख २९ हजार ४१ आवेदनबाट ६७ लाख ४९ हजार ३३० कित्ता बराबरको ६७ करोड ४९ लाख ३६ हजार रुपैयाँको आवेदन परेको छ ।

कम्पनीले कूल ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेकोमा ५ हजार १७५ माइक्रोफाइनान्सका कर्मचारीहरुका लागि र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई आरक्षण गरि बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता साधारण शेयर निष्काशन गरेको हो।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।