जानकी फाइनान्सको खराब कर्जा असुलीले नाफामा उच्च वृद्धि

Apr 26, 2019 Merolagani



जानकी फाइनान्स (JFL) को खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ६८ लाख रुपैयाँ पुगेको छ। खराब कर्जा असुलीबाटै ७ करोड ३३ लाख रुपैयाँ उठाएपश्चात कम्पनीको नाफा  बढेको हो ।

गत वर्षको यसै अवधिको तुलनामा फाइनान्सको नाफा तीन करोड दुई लाख रुपैयाँ अर्थात ११४ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा फाइनान्सले दुई करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

खराब कर्जा असुली र ब्याज अम्दानी तथा अन्य सञ्चालन आम्दानीमा वृद्धिले पनि नाफामा बढोत्तरी भएको छ ।फाइनान्सको सञ्चालन नाफा भने ७८ लाख ४० हजार मात्र छ ।

चुक्ता पूँजी ४९ करोड २१ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २२ करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्ममा एक अर्ब ९८ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले दुई अर्ब तीन करोड ८८ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १० करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ३१.०४ प्रतिशतले धेरै हो । गत वर्ष फाईनान्सले ८ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्समा खराब कर्जा अनुपात ४.९५ प्रतिशत छ। फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २३ पैसा छ । फाइनान्सको मूल्य आम्दानी अनुपात ११.०५ गुणा बढी छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।