मुलुक उच्च आर्थिक बृद्धिको बाटोमा अग्रसर, शेयर बजार सुधारउन्मुख : गभर्नर

Apr 27, 2019 Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले तीन बर्षदेखिको उच्च आर्थिक बृद्धिले अर्थतन्त्रमा उत्साह थपिएको बताएका छन्। शनिबार नेपाल राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सवमा गभर्नरले वित्तीय पहुँच विस्तारले आर्थिक वृद्धिमा टेवा पुगेको बताए ।

शोधनान्तर स्थिति दबाबमा रहेपनि मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै समष्टिगत रुपमा आर्थिक क्रियाकलापले गति लिन थालेको गर्भनर नेपालको भनाई छ ।

गभर्नर नेपालले मुलुक उच्च आर्थिक बृद्धिको बाटोमा अग्रसर रहेको हुँदा विकासका सम्भावनाहरु समेत बढेको उल्लेख गर्दै आर्थिक वर्ष २०७५/७६ मा समेत करिब ७ प्रतिशतको आर्थिक वृद्धि हुने विश्वास व्यक्त गरे ।

तीन वर्ष लगातार औसत ७ प्रतिशतको आर्थिक वृद्धि हुनुले नेपालको उत्पादन सम्भाव्यता बढेको देखाउँछ ।’ गभर्नर नेपालले भने । वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहल कदमीको परिणामस्वरूप वित्तीय पहुँच विस्तार भई कृषि, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा कर्जा प्रवाह बढेको तथा उतारचढावका बाबजुद पूँजी बजारका गतिविधिसमेत स्थायित्व उन्मुख रहेकाले आशा लाग्दो अवस्था पुगेको उनको भनाई छ ।

गभर्नर नेपालले बैंकहरुको शाखा विस्तारले वित्तीय पहुँच विस्तार भएको बताए । उनले ७२४ स्थानीय तहमा बैंकको शाखा पुगिसकेको जानकारी दिए । गभर्नर नेपालले हाल बैंकको एक शाखाले ३५ सय ६० जनालाई सेवा दिइरहेको जानकारी दिए ।

कार्यक्रममा गभर्नर नेपालले पछिल्लो समयमा शेयर बजारमा विस्तारै सुधार देखिँदै गएको बताए । आगामी दिनमा पनि बजार अझै सुधार हुँदै जाने धारणा उनको थियो । उनले चालु बर्षमा नेप्से सूचकमा केही उतारचढाब देखिएको भएपनि बजारका गतिविधिहरु स्थायीत्व तर्फ उन्मुख रहेको बताए ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।