लघुवित्त कम्पनीहरुको नाफामा सुधार, विजय, सिभिल र आशाले दिलाए भरोसा

Apr 28, 2019 Merolagani

चालुु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने लघुवित्त कम्पनीहरुले नाफामा आशलाग्दो बढोत्तरी गरेको वित्तीय विवरण प्रकासित गरेका छन् । आइतबार वित्तीय विवरण सार्वजनिक गरेका सिभिल, विजय र आशाले प्रगतिउन्मुख विवरण पस्केका छन् ।

विजय लघुवित्तको नाफा १४० प्रतिशतले बढयो

विजय लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन करोड ७० लाख रुपैयाँ खदु नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा दुई करोड १५ लाख रुपैयाँ अर्थात १४० प्रतिशतले बढोत्तरी भएको हो । गत वर्ष लघुवित्तले एक करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सँगै अन्य सञ्चालन आम्दानीमा वृद्धि हुदा लघुवित्तको नाफा बढेको हो ।
आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट १० प्रतिशत बोनस वितरण गरेको लघुवित्तले चुक्ता पूँजी १७ करोड ७१ लाख रुपैयाँबाट १९ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तको जगेडा कोषमा ६ करोड रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ५० करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले एक अर्ब ८३ करोड १४ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण गरेर दुई अर्ब ४७ करोड १५ लाख रुपैयाँ कर्जा लगान गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ११ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा तीन करोड ९८ लाख रुपैयाँले धेरै हो । गत वर्ष लघुवित्तले ७ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको थियो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात २.५४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा छ । मूल्य आम्दानी अनुपात २५.२९ गुणा बढी छ ।

आशा लघुवित्तको नाफा शतप्रतिशतले बढयो ।

आशा लघुवित्तले सर्वसाधारणलाई आईपिओ निष्काशन पछि पहिलो वित्तयि विवरण सार्वजनीक गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा झण्डै शतप्रतिश जस्तै हो । गत वर्षको चैत्र मसान्तमा लघुवित्तको खुद नाफा ४ हजार रुपैयाँ मात्र थियो ।

पूँजी वृद्धि सँगै खुद ब्याज आम्दानीमा वृद्धि हुदा लघुवित्तको नाफा बढोत्तरी हुन सघाउ पुगेको हो । चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक करोड ४३ लाख रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ४० करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवत्तले अन्य बैंक तथा वित्तीय संस्था मार्फत एक अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबर ऋण लिएर एक अर्ब ५८ करोड १९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ७ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको तुलनामा ४ करोड १८ लाख रुपैयाँले बढी हो । गत वर्ष लघुवित्तले तीन करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गतवर्षको तुलनामा लघुवित्तको नियकृय कर्जा अनुपातमा वृद्धि भएको छ । लघुवित्तको खराब कर्जा अनुपात ०.७३ प्रतिशतबाट बढेर २.६७ प्रतिशतमा पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ९० पैसा छ । मूल्य आम्दानी अनुपात ५०.३३ गुणा बढी छ ।

सिभिल लघुवित्तको नाफा ३३ लाख रुपैयाँले बढ्यो

सिभिल लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको चैत्र मसान्तको तुलनामा लघुवित्तको खुद नाफा ३३ लाख रुपैयाँले बढेको हो । गत वर्ष लघुवित्तले ८२ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ११ करोड ४१ लाख रुपैयाँ भएको लघुवित्तले एक करोड ६५ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।

समीक्षा अवधिसम्ममा २३ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ४९ करोड ६५ लाख रुपैयाँ अरु बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ८७ करोड ६० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा लघुवित्तले ४ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा लघुवित्तको खुद नाफा ३३.३६ प्रतिशतले धेरै हो । गत वर्ष लघुवित्तले तीन करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तमा नियकृय कर्जा अनुपात १.२९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ४६ पैसा छ । मूल्य आम्दानी अनुपात ४१.७८ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।