आरएसडिसी लघुवित्तको नाफा ८६% बढ्यो, उच्च पूँजीवृद्धिले इपिएसमा दबाब

Apr 29, 2019 Merolagani



आरएसडिसी लघुवित्त (RSDC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। लघुवित्तको यो खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा एक करोड ९७ लाख रुपैयाँ अर्थात ८६ प्रतिशतले धेरै हो ।

गत वर्ष लघुवित्तले दुई करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

६ करोड पूँजीमा ४ करोडको प्राथमिक शेयर निष्काशन गरेको कम्पनीले १५ प्रतिशत बोनस पश्चात कायम ११ करोड ५० लाख पूँजीको २००% हकप्रद र फेरि १३ प्रतिशत बोनस पश्चात कायम ३५ करोड ९९ लाख पूँजीको ६०% प्रतिशत हकप्रद बिक्री गरेको थियो। गत आवको नाफाबाट १० प्रतिशत बोनस बोनस बाँडेर लघुवित्तले ६३ करोड ३५ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको हो।

उच्च पूँजीवृद्धिले इपिएसमा निकै दबाब खेपेको यस कम्पनीले अहिले आएर भने बल्ल इपिएसमा सुधार गर्न थालेको हो। यसअघि पूँजीवृद्धिको असरले कम्पनीको नाफा वृद्धि भएपनि लाभांश क्षमतामा ह्रास आएको थियो। 

गत आर्थिक वर्षको यसै अवधिमा ११ करोड ६६ लाख रुपैयाँ रहेको जगेडा कोषलाई २६.७७ प्रतिशतले सुधार गर्दै १४ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ।

थोक लघुवित्त सेवाप्रदायक आरएसडिसी लघुवित्तले चालु आवको चैत्र मसान्तसम्ममा लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्था मार्फत एक अर्ब ६५ करोड ६४ लाख रुपैयाँ ऋण सापटी गरेर दुई अर्ब २९ करोड ४२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ८ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा तीन करोड ७५ लाख अर्थात ८२ प्रतिशतले धेरै हो । गत वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ४ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत वर्षको तुलनामा लघुवित्तको निष्कृय कर्जा अनुपातमा वृद्धि भएको देखिन। लघुवित्तको निष्कृय कर्जा अनुपात ०.०९ प्रतिशतबाट बढेर ०.३० प्रतिशतमा पुगेको छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५४ पैसाबाट ९ रुपैयाँ १ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३४ पैसा छ । लघुवित्तको कोषको लागत १०.७४ प्रतिशत र मूल्य आम्दानी अनुपात ४०.०५ गुणा बढी छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।