अर्थमन्त्री खतिवडा भन्छन्:- '३४ अर्ब चुक्ता पूँजीको वाणिज्य बैंक आवश्यक छ'

Apr 29, 2019 Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैंकहरुको चुक्ता पूँजी ३४ अर्ब माथि हुन आवश्यक रहेको बताएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकको चुक्ता पूँजी कुल गार्हस्थ उत्पादनको आकारको कम्तिमा एक प्रतिशत होस् भन्ने चाहेको उल्लेख गरे।

हाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको पूँजी कमजोर रहँदा ठूला ठूला आयोजनामा बैंकहरुले लगानी गर्न नसकेको बताउँदै वाणिज्य बैंकको चुक्ता पूँजी ३४ अर्ब माथि हुन आवश्यक पर्ने बताए।

केहि दिन अघि मात्रै केन्द्रीय तथ्याङ्क विभागले कुल गार्हस्थ उत्पादनको आकार ३४ खर्ब ६४ अर्ब पुग्ने अनुमान गरेको उल्लेख गर्दै उनले भने, ‘अब जीडिपीको आकारको १ प्रतिशत अर्थात ३४ अर्ब चुक्ता पूँजीको बैंक आवश्यक छ, जस्तो मलाई लाग्छ । बैंकहरुको चुक्ता पूँजी कम हुँदा ठूला ठूला आयोजनामा बैंकहरुले लगानी गर्न सकेका छैनन्।’

यस्तै उनले २५ देखि ४५ बैंक तथा वित्तीय संस्थाहरु बिरामी भएको भन्दै आफुलाई यस्ता संस्था बन्द गर्न सुझाब आएको बताए। उक्त बैंक तथा वित्तीय संस्थाहरुलाई सरकारले बन्द नगरी मर्जर प्रकृयामा लैजान चाहेको उनको भनाई छ ।

बैंकको क्वान्टिटि भन्दा क्वालिटीमा जोड दिनुपर्ने बताएका उनले संख्या वृद्धिमा भन्दा पनि गुणस्तरिय सेवा र शाखा विस्तार जान जोड दिए। उनले भने, ‘मर्जरले नै बैंक तथा वित्तीय संस्थाहरुको सिनर्जी आएको छ । ब्राञ्च नेटवर्क, आफ्नो शाखा नभएको ठाँउमा पनि सेवा पुगेको छ ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र सरोकारवालहरुबाट बिग मर्जरबारे विभिन्न दृष्टिकोण सार्वजनिक भैरहेको बेला अर्थमन्त्री खतिवडाले विग मर्जरमा प्रष्ट कुरा उल्लेख नगरेपनि ठूला पूँजीको बैंक तथा वित्तीय संस्थाहरुको आवश्यक रहेको भन्दै घुमाउरो तबरबाट विग मर्जरलाई सरकारले चाहेको बताएका हुन्।

सोही कार्यक्रममा भने संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले स्वस्फुर्त मर्जरको लागि बैंक तथा वित्तीय संस्थालाई छोड्नुपर्ने बताए। उनले भने, ‘मर्जर नै हाम्रो उदेश्य होइन, अझ त्यसको लागि फोर्सफुल मर्जर होइन। मर्जरमा जाँदा कर्मचारी समायोजन लगायत धेरै समस्याहरु छन्।  बैंक तथा वित्तीय संस्थाको आवश्यकता समेत यकिन हुनुपर्ने भएकाले यसमा स्वस्फुर्त छाडिनुपर्छ।’




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।