नेपालको बैंकिङ्ग इतिहासमै पहिलो पटक बिग मर्जर सम्पन्न, ग्लोबल र जनताले थाले एकीकृत कारोबार

Dec 06, 2019 10:14 AM Tirtha Raj Poudyal

बैंकिङ्ग इतिहासमा नै पहिलो पटक शुक्रबार नेपाल राष्ट्र बैंकले थालेको बिग मर्जरले सार्थकता पाएको छ। दुई वाणिज्य बैंकहरु ग्लोबल आईएमई बैंक र जनता बैक मर्ज भई शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेसँग बिग मर्जरले सार्थकता पाएको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार बिहान विशेष कार्यक्रमका साथ एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्। नेपालको बैंकिङ्ग इतिहासमा पहिलोपटक यसखालको बिग मर्जर सम्पन्न भएको हो। दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

दुबै बैंकबीचको सबै मर्जर प्रक्रिया सहित शेयर स्वाप रेसियो १००ः८५ अनुपातमा टुंगिएपछि बिहीबार दुवै बैंकको कारोबार बन्द गरिएको थियो। मर्जरपछि जनता बैंकको १ सय कित्ता शेयर भएका शेयरधनीको शेयर संख्या ८५ कायम भएको छ ।

 

एकीकृत बैंकको नाम ग्लोबल आईएमई नै रहेको छ भने चन्द्र ढकाल सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहनेछन्। सात सदस्यीय नयाँ सञ्चालक समितिमा ग्लोबलबाट पाँच र जनताबाट दुई जना रहनेछन्।

बिग मर्जर सम्पन्न भएसँगै ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक भएको छ। यस बैंकको कूल चुक्ता पूँजी १८ अर्ब ४३ करोड कायम भएको छ भने दुबै बैंकले गत आवको मुनाफाबाट पारित गरेका बोनस पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब कायम हुनेछ। मंसिर २ गते सम्पन्न ग्लोबलले साधारण सभाले गत आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट १२.७५ प्रतिशत र जनताले ६ प्रतिशत बोनस पारित गरिसकेका छन्।

यस्तै  बैंकका प्राथमिक पूँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब, ८४० सेवा केन्द्र (३०० शाखा कार्यालय, २५९ एटीएम र २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर सहित) ३ हजार २०० कर्मचारीबाट २० लाख ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ। ग्लोबल आईएमई बैंक जनता सहित कूल १९ संस्थाको सम्मिलित संस्था भएको छ। यसअघि ग्लोबलमा ११ र जनतामा ७ संस्था मिलेका थिए।

ग्लोबलले मुनाफा बाहेक पूँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारी लगायत सबै सूचकमा सबै वाणिज्य बैंकहरुलाई पछाडि पारेको छ। मुनाफाका आधारमा भने बैंक राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकभन्दा पछाडि छ। प्रथम त्रैमासमा ग्लोबलको ७५ करोड ३१ लाख र जनताको ३६ करोड ६९ लाख गरि कूल एक अर्ब १२ करोड मुनाफा रहेको छ।


 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पूँजी, कर्जा जोखिम बहन क्षमता, प्रविधि लगायत सबै हिसाबबाट सक्षम र सबल बनाउने उदेश्यका साथ गत असार १२ गतेबाट बिग मर्जरमा जान बैंकहरुलाई निर्देशन दिएको थियो। यद्यपी ग्लोबल र जनता बाहेक अन्य वाणिज्य बैंकले हालसम्म बिग मर्जर सम्झौता गरेका छैनन्। दुई बैंकको मर्जरले अन्य बैंकहरुलाई पनि प्रतिस्पर्धामा उत्रन मर्जरमा जान दबाब सिर्जना भएको छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।