ग्लोबल आईएमई र सनराइज बैंकको यस्तो छ तेस्रो त्रैमासको तुलनात्मक प्रगति

Apr 30, 2019 Tirtha Raj Poudyal

ग्लोबल आईएमई बैंक र सनराइज बैंकले मंगलबार एकसाथ नेपाल फाइनानान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रगति विवरण पस्किएका छन्। जसमा ग्लोबलले एक अर्ब ८७ करोड र सनराइजले एक अर्ब २४ करोड खुद नाफा आर्जन गरेका छन् ।

ग्लोबल आईएमई बैंकको खुद नाफा ३२.५६ प्रतिशत बढेर एक अर्ब ८७ करोड २१ लाख पुगेको छ भने सनराइजको ४५.२९ प्रतिशतले वृद्धि भई एक अर्ब २४ करोड ८ लाख कायम भएको छ । 

वितरणयोग्य लाभांश क्षमतामा ग्लोबल आईएमई बैंकको एक अर्ब ४१ करोड ७४ लाख कायम रहँदा वार्षिक १८.३३ प्रतिशत र सनराइजको ९८ करोड १८ लाख कायम हुँदा वार्षिक १६.२५ प्रतिशत लाभांश वितरण गर्नसक्न क्षमता बनाएका छन् ।

यस अवधिमा ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस वितरण गरेर १० अर्ब ३१ करोड चुक्ता पूँजी कायम गरेको छ भने ११.५० प्रतिशत नगद लाभांश वितरण गरेको सनराइजको ८ अर्ब ५ करोड चुक्ता पूँजी रहेको छ ।

ग्लोबल आईएमईको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २ पैसा बढेर २४ रुपैयाँ ३१ पैसा र सनराइजको ६ रुपैयाँ ४० पैसा बढेर २० रुपैयाँ ५४ पैसा रहेको छ । ग्लोबल आईएमई बैंकको खराब कर्जा अनुपात घटेर सनराइजको बढ्दा पनि ग्लोबलको खराब कर्जा सनराइजको तुलनामा धेरै छ ।

जगेडा कोषको आकारमा हेर्दा ग्लोबल आईएमईको ५ अर्ब १२ करोड र सनराइजको दुई अर्ब ७३ करोड रहेको छ । ग्लोबलको ९.३० तथा सनराइजको १८.७२ प्रतिशतले जगेडाकोष बढेको छ ।

यस अवधिमा ग्लोबल आईएमई बैंकले एक खर्ब १६ अर्ब निक्षेप संकलन र एक खर्ब ३ अर्ब कर्जा परिचालन गर्दा सनराइज बैंकको निक्षेप संकलन ८१ अर्ब १६ करोड र कर्जा लगानी ७४ अर्ब ९८ करोड रहेको छ । निक्षेप संकलन र कर्जा लगानीमा रकमका आधारमा थोरै भएपनि ग्लोबल आईएमई भन्दा सनराइजको वृद्धिददर ज्यादा छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।