सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

Apr 19, 2024 07:53 AM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले २६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको खुद नाफा बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.९८ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६.१९ प्रतिशत र सञ्चालन मुनाफा ९.६५ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ३४ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४३ पैसा बढेर १० रुपैयाँ ४७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४७ पैसा रहेको छ।

३ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ५२ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।