इम्पेरमेन्ट चार्ज घटेपछि मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा कति?

Apr 28, 2026 11:10 AM Merolagani



मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ९४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको इम्पेरमेन्ट चार्ज घटेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.८७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.९७ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६७ प्रतिशत र सञ्चालन मुनाफा ३१.०४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २३ करोड ३८ लाख रुपैयाँबाट घटेर ९२ करोड ५७ लाख रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ८९ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ। त्यसैगरी, चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २४.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा रहेको छ।

८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ४० करोड ७६ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले १ खर्ब १८ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।