छिमेक लघुवित्तको प्रगति कायमै, प्रतिशेयर आम्दानी ३८ रुपैयाँ बढ्यो

Apr 30, 2019 Merolagani



छिमेक लघुवित्त (CBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा २८ करोड ४८ लाख रुपैयाँ अर्थात ७९.५२ प्रतिशतले धेरै हो।

गत वर्ष चैत मसान्तमा लघुवित्तले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको नाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको लघुवित्तको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा ३७ रुपैयाँ ९८ पैसा बढेको छ । गत चैत मसान्तमा ४७ रुपैयाँ ७६ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ८५ रुपैयाँ ७४ पैसा पुगेको हो।

लघुवित्तको खुद ब्याज आम्दानी ३५ प्रतिशत भन्दा धेरैले वृद्धि भई एक अर्ब २३ करोड २७ लाख आर्जन गर्दा कम्पनीले ९७ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ।

एक अर्ब रुपैयाँ चुत्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष पूँजी भन्दा मजबुत छ । उसको जगेडा कोष १०७ प्रतिशत बढेर एक अर्ब ८१ करोड १४ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तले निक्षेप संकलन र कर्जा परिचालनलाई उल्लेख्य रुपमा बढाएको छ। चैत्र मसान्तसम्ममा १३ अर्ब ९० करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले चार अर्ब ४५ करोड ९६ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर १९ अर्ब १५ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत वर्षको चैत मसान्तको तुलनामा लघुवित्तले दुई अर्ब ९६ करोड १० लाख रुपैयाँले निक्षेप संकलन र तीन अर्ब दुई करोड ६४ लाख रुपैयाँ कर्जा परिचालनमा बढाएको हो।

लघुवित्तको प्रतिशेयर नेटवर्थ २८१ रुपैयाँ १४ पैसा, निष्कृय कर्जा अनुपातमा ०.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात १०.५३ गुणा छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।