छिमेक लघुवित्तको प्रगति कायमै, प्रतिशेयर आम्दानी ३८ रुपैयाँ बढ्यो

Apr 30, 2019 Merolagani



छिमेक लघुवित्त (CBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा २८ करोड ४८ लाख रुपैयाँ अर्थात ७९.५२ प्रतिशतले धेरै हो।

गत वर्ष चैत मसान्तमा लघुवित्तले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको नाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको लघुवित्तको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा ३७ रुपैयाँ ९८ पैसा बढेको छ । गत चैत मसान्तमा ४७ रुपैयाँ ७६ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ८५ रुपैयाँ ७४ पैसा पुगेको हो।

लघुवित्तको खुद ब्याज आम्दानी ३५ प्रतिशत भन्दा धेरैले वृद्धि भई एक अर्ब २३ करोड २७ लाख आर्जन गर्दा कम्पनीले ९७ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ।

एक अर्ब रुपैयाँ चुत्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष पूँजी भन्दा मजबुत छ । उसको जगेडा कोष १०७ प्रतिशत बढेर एक अर्ब ८१ करोड १४ लाख रुपैयाँ पुगेको छ।

लघुवित्तले निक्षेप संकलन र कर्जा परिचालनलाई उल्लेख्य रुपमा बढाएको छ। चैत्र मसान्तसम्ममा १३ अर्ब ९० करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले चार अर्ब ४५ करोड ९६ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर १९ अर्ब १५ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत वर्षको चैत मसान्तको तुलनामा लघुवित्तले दुई अर्ब ९६ करोड १० लाख रुपैयाँले निक्षेप संकलन र तीन अर्ब दुई करोड ६४ लाख रुपैयाँ कर्जा परिचालनमा बढाएको हो।

लघुवित्तको प्रतिशेयर नेटवर्थ २८१ रुपैयाँ १४ पैसा, निष्कृय कर्जा अनुपातमा ०.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात १०.५३ गुणा छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।