वेष्टर्न डेभलपमेन्ट बैंकको नाफा १९ प्रतिशतले बढ्यो

May 07, 2019 Merolagani

देव विकास बैंकसँग मर्जर प्रकृयामा रहेको वेष्टर्न डेभलपमेन्ट बैंक (WDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा एक करोड १७ लाख रुपैयाँ अर्थात १९ प्रतिशतले बढी हो ।

गत वर्षको यसै अवधिमा बैंकले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले खर्च र आम्दानीका सूचकहरुलाई सन्तुलनमा राखेर नाफा वृद्धि गरेको हो ।

चुक्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्ममा तीन अर्ब ३७ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दुई अर्ब ९४ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा बैंकले १३ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी १५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ११ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आमदानी गरको थियो ।

बैंकको निष्कृय कर्जा अनुपात ०.७५ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ८७ पैसा छ । मूल्य आम्दानी आम्दानी अनुपात १५.८१ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।