निष्क्रिय कर्जासँगै बढ्यो सप्तकोशी डेभलपमेन्ट बैंकको नोक्सानी

Apr 25, 2023 12:57 PM Merolagani



सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (SAPDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको निष्क्रिय कर्जा बढेसँगै खुद नोक्सानी पनि बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २७ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंक ७ करोड ३८ लाख रुपैयाँ नोक्सानीमा थियो।

खुद ब्याज आम्दानी घटेसँगै निष्क्रिय कर्जा बढेपछि बैंकको नोक्सानी बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ रोड ७० लाख रुपैयाँबाट घटेर १४ करोड ४५ लाख रुपैयाँमा झरेको छ। बैंकको निष्क्रिय कर्जा १०.७२ प्रतिशतबाट बढेर १८.५४ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १३ करोड ३३ लाख रुपैयाँबाट बढेर २८ करोड ४५ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा ऋणात्मक हुन पुगेको हो।

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ७३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६९.५१ गुणा रहेको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।