प्रोगेशिभ  र सिटी एक्स्प्रेस फाइनान्स पनि कनेक्ट आइपिएस प्रणालीमा आवद्ध

May 07, 2019 Merolagani



नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस प्रणालीमा प्रोगेशिभ  र सिटी एक्स्प्रेस फाइनान्स पनि आवद्ध भएका छन् ।

अब यी दुई फाइनान्सका ग्राहकहरुले पनि उक्त प्रणालीको अनलाईन पोर्टल अथवा मोबाईल एप्स मार्फत सिधै आफ्नो बैक खाता प्रयोग गरी अनलाईन कारोबार गर्न सक्नेछन् । 

यस प्रणालीमा बैंक तथा फाइनान्स कम्पनीका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

हाल यस प्रणाली मार्फत् नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको परिक्षा शुल्क भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड र अनलोड, सेयर ब्रोकरको भुक्तानी, डिम्याट् र मेरो सेयरको नविकरण भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् ।

उक्त प्रणालीमा उपलब्ध पेमेन्ट गेटवे जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । यसबाट ग्राहकले कारोबार गर्दा अनलाईन पोर्टल मार्फत प्रति कारोबार रु. १ लाख सम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ ।

यो प्रणालीको लागी हाल सम्म ५४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्ममा ४७ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।