वोमी र नागरिक लघुवित्त मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति

May 08, 2019 Merolagani



वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (WOMI) र नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपमामा भाभ्न/गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत वोमी र सार्वजनिक निष्काशन नगरेको नागरिक लघुवित्तले मर्जर सम्झौता गरि स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए।

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको संख्या घटाउँदै गुणात्मकलाईै जोड यिदनका लागि हकप्रदमा रोक लगाउँदै मर्जर तथा एक्विजीसनबाट पूँजी जुटाउने वित्तीय संस्थालाई स्तरोन्नतिमा प्राथमिकता दिने नीति लिएको छ ।

वोमीको चुक्ता पूँजी १० करोड १० लाख र नागरिक लघुवित्तको चुक्ता पूँजी एक करोड ७५ लाख रुपैयाँ छ।वोमकोे १० करोड १० लाख ८८ हजार बराबरको हकप्रद धितोपत्र बोर्डको पाइपलाईनमा छ ।

२०६८ साल देखि सञ्चालनमा रहेको वोमी माइक्रोफाइनान्सको मुख्य कार्यालय चितवन भरतपुर सहित ३२ जिल्लामा लघुवित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

२०७४ मंसिर २४ गते सञ्चालन स्वीकृति पाएको नागरिक लघुवित्तले काभ्रेको बनेपामा सहित १० जिल्लामा सेवा विस्तार गरेको छ।

राष्ट्र बैंकले नयाँ लघुवित्तको आवेदन बन्द गरेको छ भने राष्ट्र बैंकले ’घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रिय स्तरमा स्तरउन्नति हुनुपर्ने जसका लागि मर्जर तथा प्राप्तिमा जोड दिएको छ ।

हाल थोक कर्जा प्रवाहगर्ने लघुवित्त कम्पनीको चुक्तापूँजी ६० करोड, राष्ट्रियस्तरको १० करोड, क्षेत्रीय स्तरको ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लास्तरका लघुवित्तको चुक्ता पूँजी १ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ।

राष्ट्र बैंकका अनुसार हाल ७१ लघुवित्त संस्था सञ्चालनमा छन् । पाइपलाइनमा भएका यी सबै संस्थाले अनुमति पाउने हो भने लघुवित्त संस्थाको संख्या १ सय १४ पुग्ने छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।