एनसीसी बैंक पनि अर्बपति क्लबमा, वितरण योग्य नाफा ८४ करोड

May 09, 2019 Merolagani

नेपाल क्रेडिट एण्ड कर्मस बैंक (NCCB) अर्बपति क्लबमा प्रवेश गरेको छ। बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा एक अर्ब १६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने ८३ करोड ९९ लाख लाभांश क्षमता कायम भएको छ।

पुस मसान्तसम्म ७२ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको तेस्रो त्रैमासमा मात्रै ४१ करोड ५३ लाख रुपैयाँले खुद नाफा वृद्धि गरेर एक अर्ब १६ करोड ४० लाख मुनाफा आर्जन गरेको हो ।

गत वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा खुद नाफा, ब्याज आम्दानी, संचालन नाफा, खराब कर्जा अनुपात, कोषको लागत, आधार ब्याजदर, निक्षेप संकलन र कर्जा परिचालनका सार्थ पूँजी कोष अनुपातमा सुधार भएको विवरण सार्वजनिक गरेको छ।

उता प्रतिशेयर आम्दानी र नेटवर्थ भने कमजोर बनेको छ ।

चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद बिक्री गरेर ७ अर्ब एक करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको बैंकलाई राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी कायम गर्न अझै ९९ करोडले पूँजी वृद्धि गर्नुपर्ने बाध्यता छ ।

समीक्षा अवधिमा बैंकले ७.३३ प्रतिशतले निक्षेप संकलन वृद्धि गरेर ६१ अर्ब ४५ करोड ९८ लाख कायम गरेको छ भने कर्जा लगानीकतर्फ ५६ अर्ब ८० करोड ७९ लाख पुगेको छ । यसअवधिमा बैंकको कर्जा विस्तार १०.४१ प्रतिशतले बढेको हो ।

गत वर्षको यसै अवधिमा २५ रुपैयाँ ३० पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ११ पैसामा संकुचन आएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ६६ पैसा छ ।

बैंकको जगेडा कोषमा ३ अर्ब २७ करोेड, शेयर प्रिमियम कोषमा १७ करोड र रिटेर्न अर्निङ्ग कोषमा एक अर्ब ७९ करोड गरि कूल ५ अर्ब २४ करोड बराबरको जगेडा कोष रहेको छ।

बैंकको खराब कर्जा अनुपात ३.२६ प्रतिशत, आधार ब्याजदर १०.८६ प्रतिशत र कोषको लागत ७.९४ प्रतिशत र कर्जा निक्षेप अनुपात सिसिडि रेसियो ७६.६१ प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।