युनाइटेड मोदीको विद्युत बिक्री बापतको आय बढ्दा नाफामा सुधार

May 09, 2019 Merolagani



युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३.७० प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोले ५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा हाइड्रोपारले विद्युत विक्री मार्फत २३ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा १.७२ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोले विद्युत विक्र्री गरेर २२ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाइड्रोको अन्य स्रोत मार्फतको आम्दानी भने घटेको छ । गत वर्ष अन्य स्रोत मार्फत् एक करोड २४ लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ लाख २ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब १५ करोड रहेको हाइड्रोको जगेडा कोषमा ७ करोड २२ लाख रुपैयाँ सञ्चित छ । प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९ पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २९ पैसा रहेको छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।