गण्डकी विकास बैंकको खुद नाफा १४% बढ्यो, पूँजी वृद्धिले इपिएसमा दबाब

May 12, 2019 Merolagani

गण्डकी विकास बैंक (GDBL) को खुद नाफा १४.६६ प्रतिशत अर्थात ४ करोड ९९ लाख रुपैयाँ बढेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष आर्थिक वर्षको यसै अवधिमा बैंकले ३४ करोड ४ लाख कमाएको थियो ।

पचास प्रतिशतले कर्मचारी खर्च र अन्य खर्च वृद्धिको बाबजुत बैंकको नाफामा सो सुधार देखिएको हो । १९ प्रतिशतले पूँजी बढाएको बैंकको आम्दानी विस्तार सुस्त बन्दा इपिएसमा संकुचन आएको छ भने जगेडा कोषको आकार २२ प्रतिशतले घट्दा बैंकको प्रतिशेयर नेटवर्थ पनि कमजोर बनेको देखिन्छ।

बैंकले दुई अर्ब ३० करोड ४९ लाखको चुक्ता पूँजी दुई अर्ब ७५ करोड रुपैयाँमा बढाउँदा एक अर्ब २९ करोड ९३ लाखको जगेडा कोषमा एक अर्ब ८१ लाखमा झरेको छ ।

चैत मसान्तसम्ममा २७ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २४ अर्ब १९ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ८५ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १५ करोड ४४ लाख रुपैयाँले वृद्धि भएको हो । गत वर्ष बैंकले ७० करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक १८ रुपैयाँ ९३ पैसा छ। गत आवको यसै अवधिमा बैंकको इपिएस १९ रुपैयाँ ६९ पैसा रहेको थियो। यस्तै प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ६६ पैसा, मूल्य आम्दानी अनुपात १०.०४ गुणा रहेको बैंकको बैंकको निष्कृय कर्जा अनुपात ०.७९ प्रतिशतमा सुधार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।