खानीखोला हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ १७ रुपैयाँ

May 12, 2019 Merolagani

खानीखोला हाइड्रोपावरको चालु प्रतिशेयर नेटवर्थ १७ रुपैयाँ १८ पैसामा झरेको छ । गत आवको यसै अवधिमा ७३ रुपैयाँ ५७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्ग ५६ रुपैयाँ ३९ पैसाले घटेको हो।

हाइड्रोपावरले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । यद्यपी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड २३ लाख रुपैयाँ नोक्सानी घटाएको छ । 

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हाइड्रोपावर ११ करोड २८ लाख रुपैयाँ नोक्सानीमा थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ । गत चैत मसान्तमा ५ करोड ८२ लाख आम्दानी गरेको कम्पनीको आम्दानी ५ करोड २९ लाख रुपैयाँमा खुम्चिएको हो ।

आम्दानीसँगै प्रशासनीक खर्च लगायत अन्य खर्चका शिर्षकहरुमा गरिएको नियन्त्रण कारण कम्पनीको नोक्सानी भने घटेको हो । यस अवधिमा कम्पनीले ३४ लाख ७७ हजार रुपैयाँ अन्य आम्दानी गर्दा पनि नोक्सानी घटाउन सहयोग पुगेको हो ।

गत आवको दोस्रो त्रैमासको तुलनामा जगेडा कोष थप ऋणात्मक बनेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २३ करोड ५९ लाख नेक्सानीमा रहेको जगेडा कोष ३८ करोड ५९ लाखमा नोक्सानीमा पुगेको छ ।

कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार रहेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २८ रुपैयाँ ७८ पैसा ऋणात्मक छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।