लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क घट्यो, नाफामा सामान्य सुधार

May 13, 2019 Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) को खुद बीमा शुल्क घटेको छ भने खुद नाफामा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद बीमा शुल्क ८ करोड ७२ लाख रुपैयाँले गिरावट आएको हो ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीले ४६ करोड २५ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ५४ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमा शुल्कमा घटेपनि खुद नाफामा भने सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सले यस अवधिमा ४६ लाख रुपैयाँले खुद नाफा बढाएको हो । गत आर्थिक वर्षको यही अवधिमा १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले पुर्नबीमा कमिशन आयबाट ११ करोड, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले २० प्रतिशत अर्थात १७ करोड ६० लाख रुपैयाँ हकप्रद जारी गरी एक अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ ।

इन्स्योरेन्सको बीमा कोषमा ५१ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा २१ करोड ७१ लाख रुपैयाँ र महा विपत्ती कोषमा ४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।

एक लाख १७ हजार १२६ वटा बीमालेख जारी गरी कम्पनीले कुल ९० करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । इन्स्योरेन्सले ३ हजार ४४१ वटा दाबी वापत ५१ करोड ५२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २ हजार ८९८ वटा दाबी वापत ६६ करोड ८० लाख रुपैयाँ भूक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको प्रति शेयर आम्दानी २२ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात २२.४६ गुणा बढी छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।