गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क एक अर्ब बढी

May 13, 2019 Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमाशुल्क २३ करोड २२ लाख रुपैयाँले बढाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ८८ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले यस अवधिमा १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको हो ।

इन्स्योरेन्सले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट ३६ करोड २४ लाख रुपैयाँ, बीमा लेख धितोमा २९ करोड ५१ लाख रुपैयाँ लगानी गरेर २ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सले ५ करोड ६५ लाख ८८ हजार खुद नाफा आर्जन गरेको छ । गत वर्ष चैतमा ४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा १ करोड ६४ लाख ६४ हजार रुपैयाँले बढी हो ।

६४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जीवन बीमा कोषमा ५ अर्ब २१ करोड ८१ लाख रुपैयाँ, जगेडा कोषमा २३ करोड १७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड ३९ लाख रुपैयाँ संचित छ ।

इन्स्योरेन्सले यस अवधिमा कुल ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । हाल इन्स्योरेन्सको २ लाख ११ हजार ९७७ वटा बीमालेख कायम छ । कम्पनीले ८४६ दाबी वापत २५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २२ दाबी वापत ५६ लाख ७१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ४३.७० गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।