सिद्धार्थ इन्स्योरेन्सको लाभांश प्रस्ताव, चुक्ता पूँजी एक अर्ब पुग्ने

May 14, 2019 Merolagani



सिद्धार्थ इन्स्योरेन्सले (SIL) लाभांश प्रस्ताव गरेको छ । इनस्योरेन्सले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई कूल चुक्ता पूँजीको १५.४८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैशाख ३० गते सोमबार बसेको १४६ औं बैठकले चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँको १५.४८ प्रतिशत अर्थात १३ करोड ४० लाख बोनस शेयर वितरण गर्ने दिने प्रस्ताव गरेको हो ।


प्रस्तावित बोनस शेयरमा लाग्ने लाभांश कर भने शेयरधनीले ब्योहोर्नुपर्ने इन्स्योरेन्सले जनाएको छ । लाभांश वितरण पछि इनस्योरेन्सको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।


कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएर कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीले पाउनेछन् ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।