प्रिमियर इन्स्योरेन्सको नाफा साढे १२% बढ्यो, एफपिओ प्रिमियमले पूँजीभन्दा जगेडा कोष मजबुत

May 15, 2019 Merolagani



प्रिमियर इन्स्योरेन्स (PIC) ले चालू आर्थिक वर्षको तेस्रोे त्रैमासमा आफ्नो खुद नाफा गत आवको यसै अवधिको तुलनामा साढे १२ प्रतिशतले बढाएको छ । यसैगरि एफपिओ बिक्रीबाट प्राप्त आम्दानीले कम्पनीको जगेडा कोषको आकार चुक्ता पूँजीभन्दा पाँच करोड ८० लाख थप मजबुत बनेको छ ।

प्रिमियरले चालु आवको ९ महिना अवधिसम्ममा १५ करोड ३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको चैत मसान्तको तुलनामा कम्पनीले खुद नाफा १२.५७ प्रतिशत अर्थात एक करोड ६७ लाख ८७ हजार रुपैयाँले बढाएको हो। गत आवको यसै अवधिमा कम्पनीको नाफा १३ करोड ३५ लाख थियो।

५८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६४ करोड १९ लाख रुपैयाँ सञ्चित छ। गत आवको यसै अवधिमा कम्पनीसँग ७० करोड ४५ लाखको जगेडा कोष थियो। एफपिओ समेत पाउनेगरि कम्पनीले १३.५२ प्रतिशत बोनस बाँडेपछि जगेडा कोष घटेपनि फेरि सोही आकारमा बढोत्तरी भएको हो। प्रिमियरले २०७४ पुसमा फेस भ्यालुमा ६९९ प्रिमियम थपेर प्रतिकित्ता ७९९ मा ६ लाख ५९ हजार ५६५ कित्ता कित्ता एफपिओ जारी गरेको थियो ।

बीमा समितिको निर्देशन अनुसार कम्पनीले असार मसान्तभित्र एक अर्ब पूँजी कायम गर्नुुपर्नेछ । जसका लागि कम्पनीलाई चालु आवको नाफा र जगेडा उपयोग गरि हालको चुक्ता पूँजीको ७१ प्रतिशत बोनस वितरण गर्नुपर्ने हुन्छ । ४१ करोड ६० लाखको बोनस बाँड्दा भने कम्पनीको जगेडा कोषमा संकुचन आउनेछ ।

कम्पनीले यस अवधिमा ६० करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ६२ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनी पुनर्बीमा कमिशन आयबाट १५ करोड ६८ लाख, लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको बीमा कोषमा ४७ करोड ८८ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ४ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३२ पैसा, प्रतिशेयर नेटवर्थ २९९ रुपैयाँ ४३ पैसा र मूल्यआम्दानी ३१.७० गुणा छ।

हाल सम्म कम्पनीले एक अर्ब २१ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ४ हजार ८९१ दाबी संख्या वापत ७३ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ५ हजार २३५ दाबी वापत ९६ करोड ३९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले एक अर्ब १३ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो। सो अवधिमा कम्पनीले ३ हजार ७८० दाबी संख्या वापत एक अर्ब एक करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो भने ३ हजार ८२० दाबी वापत परेको एक अर्ब ८ करोड ६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।