प्रिमियर इस्योरेन्सको १३.५२ प्रतिशत बोनस पारित, कसरी पुग्छ बीमा समितिले तोकेको पूँजी ?

Apr 10, 2018 Merolagani



प्रिमियर इस्योरेन्सको सोमबार सम्पन्न २४ औ साधारण सभाले १३.५२ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले एफपिओले समेत पाउनेगरि बोनस वितरण गरेको हो । गत आ.व. सम्मको वितरण नभएको जगेडा समावेश गरेर एफपिओ जारी पश्चात कायम चुक्ता पूँंजीको १३.५२ प्रतिशतका दरले ६ करोड ९५ लाख रकम बराबरको बोनस सेयर वितरण गरेको हो ।

कम्पनीले आ.व. २०७३/७४ मा कूल बीमा शूल्क एक अर्ब ३४ करोड ८८ लाख २१ हजार आर्जन गरि खुद मूनाफा १५ करोड ५८ लाख आर्जन गरेको थियो । सो नाफाबाट बीमा कोषमा ७ करोड ७९ लाख व्यवस्था गरेर बाँकी रकम तथा जगेडा समावेश गरेर एफपिओ जारी पश्चात कायम चुक्ता पूँंजीको १३.५२ प्रतिशतका दरले बाेनस वितरण गरेकाे हाे ।

साथै कम्पनीले बोनस सेयरको कर प्रयोजनको लागि ३६ लाख ५९ हजार ७४९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

प्रिमियरले पुस १६ देखि १९ गतेसम्म प्रिमियम सहित ७९९ रुपैयाँमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो ।

एफपीओपछि ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी पुगेको कम्पनीको बोनसपछि ५८ करोड ४० लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

निर्जीबन बीमा कम्पनीलाई बीमा समितिले असार मसान्तसम्म एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । यसअनुसार कम्पनीलाई थप ४१ करोड ७४ लाख रुपैयाँ पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

इन्स्योरेन्सकी प्रमुख सञ्चालन अधिकृत कबिता जोशीले बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न अपुग रकम चालू आर्थिक बर्षको नाफा तथा एफपिओ विक्रीबाट सञ्चित भएको जगेडा कोषको उपयोग गरेर पुर्याइने जानकारी दिइन् । यसअनुसार कम्पनीले ७१ प्रतिशत बोनस वितरण गर्नुपर्ने देखिन्छ ।

आर्थिक बर्षको सुरुदेखि हालसम्म कूल एक अर्ब १० करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको प्रिमियर इन्स्योरेन्सले जनाएको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।