गुहेश्वरी मर्चेण्टको १५.८० प्रतिशत बोनस पारित, चुक्त्तापूँजी ८० कराेड नाघ्याे

Jan 14, 2018 Merolagani



गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL) को १५.८० प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको आईतबार सम्पन्न १६औँ वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।

 

 

साधारण सभाले पुस ५ गते सम्पन्न १८५ औं सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम आर्थिक बर्ष २०७३/०७४ को नाफाबाट हालै जारी गरेर बाँडफाँड गरेको ४० प्रतिशत हकप्रद सेयरले समेत पाउने गरि १५.७९ प्रतिशत बोनस सेयर (१० करोड ९१ लाख २४ हजार ९३१ रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

४९ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको गुहेश्वरीको बोनस पश्चात फाइनान्सको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । हालसम्म कम्पनीले दुई अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरि दुई अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले एक करोड ३९ लाख रुपैयाँँ सञ्चालन मुनाफा कमाउन सफल भएको संस्थाले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

आठ शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दे आएको फाइनान्स कम्पनीले छिट्टै थप दुई शाखा कार्यालयहरु खोल्ने तयारी गरेको जनाएको छ ।

गत आवमा १२ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सले चालु आवको प्रथम त्रैमासमा कम्पनीले एक करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।