श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २६.५७% बोनस स्वीकृत

May 22, 2018 Merolagani



श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) को बोनस राष्ट्र बैंकबाट स्वीकृत भएको छ । फाइनान्स सञ्चालक समितिको बैशाख २१ गतेको २६४ औं बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलार्इ २६.५७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सो प्रस्ताव बैशाख २४ गते राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाएकोमा केन्द्रीय बैंकले जेठ ४ गते साे अनुपातकाे बाेनस वितरण गर्न स्वीकृती प्रदान गरेको हो ।

फाइनान्सले हालै जारी गरेको ८३ प्रतिशत हकप्रदले समेत बोनस पाउनेछ । बोनस वितरण पश्चात कम्पनीको राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८० करोड एक लाख रुपैयाँ पुग्नेछ ।

चालू अावकाे तेश्राे त्रैमासमा कम्पनीले ६ कराेड ५० लाख रूपैयाँ खुद नाफा अार्जन गरि प्रतिसेयर अाम्दानी २५ रूपैयाँ ०९ पैसा कायम गरेकाे छ ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।