श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २६.५७% बोनस स्वीकृत

May 22, 2018 Merolagani



श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) को बोनस राष्ट्र बैंकबाट स्वीकृत भएको छ । फाइनान्स सञ्चालक समितिको बैशाख २१ गतेको २६४ औं बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलार्इ २६.५७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सो प्रस्ताव बैशाख २४ गते राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाएकोमा केन्द्रीय बैंकले जेठ ४ गते साे अनुपातकाे बाेनस वितरण गर्न स्वीकृती प्रदान गरेको हो ।

फाइनान्सले हालै जारी गरेको ८३ प्रतिशत हकप्रदले समेत बोनस पाउनेछ । बोनस वितरण पश्चात कम्पनीको राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ८० करोड एक लाख रुपैयाँ पुग्नेछ ।

चालू अावकाे तेश्राे त्रैमासमा कम्पनीले ६ कराेड ५० लाख रूपैयाँ खुद नाफा अार्जन गरि प्रतिसेयर अाम्दानी २५ रूपैयाँ ०९ पैसा कायम गरेकाे छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।