स्वरोजगार लघुवित्तको २० प्रतिशत बोनस पारित

Oct 07, 2018 Merolagani



स्वरोजगार लघुवित्त (SLBBL) को दशौं बार्षिक साधारण सभाले चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर पारित गरेको छ । असोज २१ गते सी डब्लु रेस्टुरेन्टमा सम्पन्न साधारण सभाले सो बोनस शेयर पारित गरेको हो ।

लघुवित्तको साधारण सभाले चुक्ता १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँको २० प्रतिशत बराबर दुई करोड ४४ लाख ९९ हजार ५५२ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत बराबरको १२ लाख ८९ हजार ४५० रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभाले ३ जना प्रवर्धक सञ्चालकहरुको निर्वाचन गरेको समेत गरेको छ । लघुवित्तले यसअघि चुक्ता पूँजी बराबर नै हकप्रद शेयर जारी गरिसकेको छ । हकप्रद र बोनस पश्चात लघुवित्तको २६ करोड ९४ लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।