नेपाल कम्युनिटीको बोनस राष्ट्र बैंकद्धारा स्वीकृत

Apr 24, 2018 Merolagani



साधारण सभा आह्वान गर्न बाटो खुल्यो
नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक (NCDB) को बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले गत आवको खुद मुनाफा तथा शेयर प्रिमियमबाट आगामी साधारण सभामा चूक्ता पुँजीको ८.६१ प्रतिशत बोनस वितरण गर्न राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाएकाे थियो ।

यससँगै बैंकले प्रस्ताव गरेको ४ करोड १७ लाख ४६ हजार १२० रुपैयाँको बोनस तथा सोको कर प्रयोजनको लागि ०.४५ प्रतिशतले हुन आउने रकम २१ लाख ९७ हजार १६४ नगद लाभांश वितरण गर्न बाटो खुदला भएको छ ।

बैंकले १२० प्रतिशत हकप्रद सेयर निष्काशन गरी ४८ करोड ४६ लाख चुक्ता पूँजी कायम गरिसकेको छ भने प्रस्तावित बोनस शेयर बितरणपछि ५२ करोड ६३ लाख ९४ हजार ९०० रुपैयाँ चुक्ता पूँजी पुग्ने बैंकले जनाएको छ ।
बुटवल—८, रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको बैंकले २ अर्ब २ करोड निक्षेप संकलन गरि१ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ ।

बैंकले १६ शाखा मार्फत निशुल्क एविविएस, ए.टि.एम.,सन्ध्याकालीन सेवा, सेफ डिपोजित लकर, निशुल्क ए.बि.बि.एस., इलेक्ट्रोनिक चेक क्लियरिङ, सि—आश्वा लगायतका ३६५ अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।