नेपाल कम्युनिटीको बोनस राष्ट्र बैंकद्धारा स्वीकृत

Apr 24, 2018 Merolagani



साधारण सभा आह्वान गर्न बाटो खुल्यो
नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक (NCDB) को बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले गत आवको खुद मुनाफा तथा शेयर प्रिमियमबाट आगामी साधारण सभामा चूक्ता पुँजीको ८.६१ प्रतिशत बोनस वितरण गर्न राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाएकाे थियो ।

यससँगै बैंकले प्रस्ताव गरेको ४ करोड १७ लाख ४६ हजार १२० रुपैयाँको बोनस तथा सोको कर प्रयोजनको लागि ०.४५ प्रतिशतले हुन आउने रकम २१ लाख ९७ हजार १६४ नगद लाभांश वितरण गर्न बाटो खुदला भएको छ ।

बैंकले १२० प्रतिशत हकप्रद सेयर निष्काशन गरी ४८ करोड ४६ लाख चुक्ता पूँजी कायम गरिसकेको छ भने प्रस्तावित बोनस शेयर बितरणपछि ५२ करोड ६३ लाख ९४ हजार ९०० रुपैयाँ चुक्ता पूँजी पुग्ने बैंकले जनाएको छ ।
बुटवल—८, रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको बैंकले २ अर्ब २ करोड निक्षेप संकलन गरि१ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ ।

बैंकले १६ शाखा मार्फत निशुल्क एविविएस, ए.टि.एम.,सन्ध्याकालीन सेवा, सेफ डिपोजित लकर, निशुल्क ए.बि.बि.एस., इलेक्ट्रोनिक चेक क्लियरिङ, सि—आश्वा लगायतका ३६५ अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।