सेन्ट्रल फाईनान्सका बोनस राष्ट्र बैंकबाट स्वीकृत

Jun 28, 2018 Merolagani



सेन्ट्रल फाईनान्स (CFCL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ८.५ प्रतिशत बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत भएको छ । 

फाइनान्स सञ्चालक समितिको गत चैत ५ गते सम्पन्न २८५ औं सञ्चालक समिति बैठकले हकप्रदपश्चात कायम चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । 

उक्त बोनस सेयर आगामी साधारण सभावाट पारित भएपछि वितरण हुनेछ । फाईनान्सले आर्थिक वर्ष २०७३/७४ को नाफावाट ६ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ।

फाइनान्सले चालू आवको तेश्रो त्रैमाससम्ममो चार करोड ५३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ६ रूपैयाँ ७४ पैसा कायम गरेको छ ।

बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ८४ करोड ७३ लाख नाघ्नेछ । यो सँगै फाइनान्सले राष्ट्र बैकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको छ ।

 




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।