सिद्धार्थ बैंकलाई साधारण सभा बोलाउन बाटो खुल्यो

Feb 07, 2018 Merolagani



सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बोनस स्वीकृत भएसँगै बैंकलाई साधारण सभा आह्वान गर्ने मार्ग प्रशस्त बनेको हो ।

बैंक सञ्चालक समितिको पुस २० गते विहीबार सम्पन्न २८५ औं बैठकले सेयरधनीलाई बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपैयाँको १४ प्रतिशतले हुन आउने ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँको बोनस वितरण गर्ने निर्णय गरेको थियो ।

प्रस्तावित बोनस बैंकको आगामी १६ औ बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बोनसपछि बैंकको चुक्ता पूँजी सात अर्ब ७८ करोड १७ लाख ७३ हजार ५५६ रुपैयाँ पुग्नेछ ।

हाल ६ अर्ब ८२ करोड रूपैयाँ चुक्त्ता पूँजी रहेकाे बैंकले  १० प्रतिशत हकप्रद विक्री गरेपछि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्त्ता पूँजी आठ अर्ब पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७७ करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा कायम गरेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।