सबैभन्दा ठूलो दुरसञ्चार उपकरण निर्माता कम्पनी हुवावे अमेरिकाको कालोसूचीमा

May 17, 2019 Merolagani



अमेरिकाले विश्वको सबैभन्दा ठूलो दुरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाको वाणिज्य विभागले कम्पनीलाई एनटिटी सूचीमा राख्ने घोषणा गरेको छ ।

दुई देशका बीच निरन्तर रुपमा चलिरहेको व्यापार युद्धका बीच अमेरिकाले उक्त घोषणा गरेको हो । उक्त सूचीमा शामिल कम्पनीले अमेरिकी सरकारको स्वीकृती बिना त्यहाँको कम्पनीबाट कुनै पनि उपकरण र प्रविधि किन्न पाउदैनन ।

इनटिटी सूचीमा समावेश कुनै पनि कम्पनी वा व्यक्तिलाई अमेरिकी प्रौद्योगिक बिक्री वा हस्तान्तरका लागि बीआईएसद्वारा जारी लाइसेन्सको आवश्यकता पर्छ । यदि बिक्री वा हस्तान्तरणबाट अमेरिकी राष्ट्रिय सुरक्षा वा विदेश नीतिको हितमा हानी पुगेमा लाइसेन्स अस्वीकार गर्न सकिन्छ ।

अमेरिकी दूरसञ्चार कम्पनीलाई राष्ट्रिय सुरक्षाका लागि खतरा उत्पन्न गर्न सक्ने विदेशी सुरक्षा उपकरण स्थापित गर्नबाट रोक्ने भन्दै हुवावेलाई कालोसूचीमा राखिएको बताइएको छ ।

अमेरिकाले एक आदेश जारी गर्दै त्यहाँको कम्पनीले पनि राष्ट्रिय सुरक्षालाई खतरा उत्पन्न गराउने कुनै पनि दुरसञ्चार उपकरण प्रयोग गर्ने नसक्ने बताइएको छ । यद्यपी उक्त आदेशमा कुनै पनि कम्पनीको नाम शामिल गरिएको छैन ।

अमेरिकाले लामो समयदखि हुवावेको उपकरणबाट जासुसीको खतरा रहेको बताउँदै आएको छ । उसले आफ्ना सहयोगी देशहरुलाई पनि हुवावेको ५जी सेवा प्रयोग नगर्नका लागि भनेको थियो । एजेन्सी




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।