तारागाउँ रिजेन्सी होटल्सको सेवा सुविधा बढेसँगै नाफा बढ्यो, इभेन्ट एन्ड एक्जिबिसन सेन्टर थप्ने

May 19, 2019 Merolagani

तारागाउँ रिजेन्सी होटल्स (TRH) को बोनस र कर अघिको नाफा करिब ३६ करोड पुगेको छ। गत आवको तेस्रो त्रैमासमा २७ करोड ५४ लाख पाँच हजार नाफा आर्जन गरेको यस कम्पनीको नाफा ३५ करोड ६५ लाख ७६ हजार पुगेको हो।

होटलको सुविधार र क्षमतामा सुधार भएसँगै चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा गत आवको यसै अवधिको तुलनामा साढे २९ प्रतिशतको सुधार देखिएको हो ।

होटल्सको शेयर पूँजी एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार र जगेडा कोषमा ७७ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवगधिमा पूँजी स्थिर रहेको कम्पनीको जगेडा कोष ३६ करोड १८ लाख बढेको हो।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २५ रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात ९.४४ गुणा बढी छ ।

होटलको सेवा तथा बस्तुको कूल बिक्री आय गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १२ करोड ९० लाख रुपैयाँले बढेर एक अर्ब ४ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले अन्य बिजनेशबाट ११ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवपिधमा अन्उ आम्दानी ८ करोड १४ लाख थियो।

यस्तै बिक्री लागत २९ करोड ४६ लाख, प्रशासनिक र साधारण खर्च ३२ करोड ८० लाख, ह्रासकट्टी ९ करोड ९२ लाख र अन्य खर्च ८ करोड ५८ लाख गरेको छ ।

होटललाई सुविधा सम्पन्न बनाउन होटलले गत आवमा नै ब्यांक्वेट हल, मिटिङ्गको संरचनात्मक कार्य सम्पन्न गरिसकेको छ भने लबि लाउञ्ज र होटलको कोठाको पुर्ननिर्माण कार्य अगाडि बढाएको छ ।

यस्तै होटलले खाली जग्गामा इभेन्ट एन्ड एक्जिबिसन सेन्टर निमार्णका लागि डिजानिङ्ग लगायतका आधारभुत काम सम्पन्न भैसकेको जनाएको छ । 

होटल्सले जेठ २४ गते शुक्रबार आफ्नो २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे डाकेको भएको हो । साधारण सभाले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १२.६३ प्रतिशत  बराबरको २२ करोड ८३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

तारागाउँ रिजेन्सी होटल्स सहित सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा काठमाडौंको बौद्धमा पाँचतारे ‘होटल हायात’ सञ्चालनमा छ । १५० रोपनीमा फैलिएको उब्क्त होटलमा ३०० कोठा सञ्चालनमा छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।