सजिलो लघुवित्तको नाफा १६२% बढ्यो

May 19, 2019 Merolagani



सजिलो लघुवित्त (SAJILO) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड दुई लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ६३ लाख २१ हजार रुपैयाँ अर्थात १६२.५३ प्रतिशतले बढेको हो । 

गत चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ३८ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ७ लाख ९४ हजार रुपैयाँ मात्र सञ्चित छ ।

चालु आवको चैत मसान्तसम्मा ६ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ४४ करोड ३२ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर ५९ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा लघुवित्तले दुई करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी एक करोेड ५२ लाख रुपैयाँले धेरै हो । गत वर्ष लघुवित्तले ६८ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको नौ महिनासम्ममा लघुवित्तको सञ्चालन मुनाफा ७२ लाख ८२ हजार रुपैयाँ छ । गत वर्षको यसै अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३८ लाख ७७ हजार रुपैयाँ थियो । लघुवित्तको निष्कृय कर्जा अनुपात शुन्य प्रतिशत छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।