समता लघुवित्त हकप्रद निष्काशनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड, चुक्ता पूँजी १८ करोड नाघ्ने

May 20, 2019 Merolagani


समता लघुवित्त (SMBSL) २०० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । लघुवित्तले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद निष्काशन गर्न बोर्ड पुगेको हो ।


समताले ६.६६ प्रतिशत बोनस प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ छ ।

प्रस्तावित ६.६६ प्रतिशत पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तले त्यसपछि कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो । हकप्रद निष्काशन पश्चात लघुवित्तको पूँजी १८ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।