गूगलले हुवावेको लागि एन्ड्रोयड प्लेटफर्म बन्द गर्याे, गूगलको एप पनि नचल्ने

May 20, 2019 Merolagani



गूगलले चीनको दुरसञ्चार कम्पनी हुवावेलाई एन्ड्रोयड प्रयोग गर्नका लागि प्रतिबन्ध लगाएको छ । हुवावेको स्मार्टफोनमा अब गूगल एप्स पनि देखिने छैन ।

अमेरिकाद्धारा हुवावेलाई एनटिटी सूचीमा शामिल गरेका कारण गूगलले हुवावेमाथि प्रतिबन्ध लगाएको बताइएको छ ।

जसअनुसार हुवावेले अमेरिकी सरकारको लाइसेन्स बिना त्यहाँको कम्पनीबाट आवश्यक पार्टपूर्जा र प्रविधि किन्न पाउने छैन ।

बिश्लेषकहरुका अनुसार अमेरिकाको कालोसूचीमा परेसँगै हुवावेले आफ्नो सफ्टवेयर अपग्रेड गर्न समेत पाउने छैन ।
हुवावेलाई अमेरिकाद्धारा कालोसूचीमा राखिएमा अमेरिकी कम्पनीलाई ११ अर्ब डलर घाटा हुनसक्ने बताइएको छ ।
गूगलको उक्त निर्णयले हुवावेको उपभोक्ता व्यापार प्रभावित हुनसक्ने बताइएको छ । यद्यपी हुवावेले ओपन सोर्स लाइसेन्सका माध्यमबाट उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टमको भर्जन प्रयोग गर्न सक्नेछ ।

यद्यपी यस विषयमा हुवावेका तर्फबाट हालसम्म कुनै पनि प्रकारको प्रतिक्रिया आइसकेको छैन । दुई महिना पहिले मात्र कम्पनीका सीईओले हुवावेले प्लान बी का अनुसार, मोबाइल अपरेटिङ सिस्टम तयार गरिरहेको बताएका थिए ।

हुवावे विश्वको सबैभन्दा ठूलो दुरसञ्चार उपकरण निर्माता र दोस्रो ठूलो स्मार्टफोन बेच्ने कम्पनीको रुपमा रहेको छ । एजेन्सी




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।