गूगलले हुवावेको लागि एन्ड्रोयड प्लेटफर्म बन्द गर्याे, गूगलको एप पनि नचल्ने

May 20, 2019 Merolagani



गूगलले चीनको दुरसञ्चार कम्पनी हुवावेलाई एन्ड्रोयड प्रयोग गर्नका लागि प्रतिबन्ध लगाएको छ । हुवावेको स्मार्टफोनमा अब गूगल एप्स पनि देखिने छैन ।

अमेरिकाद्धारा हुवावेलाई एनटिटी सूचीमा शामिल गरेका कारण गूगलले हुवावेमाथि प्रतिबन्ध लगाएको बताइएको छ ।

जसअनुसार हुवावेले अमेरिकी सरकारको लाइसेन्स बिना त्यहाँको कम्पनीबाट आवश्यक पार्टपूर्जा र प्रविधि किन्न पाउने छैन ।

बिश्लेषकहरुका अनुसार अमेरिकाको कालोसूचीमा परेसँगै हुवावेले आफ्नो सफ्टवेयर अपग्रेड गर्न समेत पाउने छैन ।
हुवावेलाई अमेरिकाद्धारा कालोसूचीमा राखिएमा अमेरिकी कम्पनीलाई ११ अर्ब डलर घाटा हुनसक्ने बताइएको छ ।
गूगलको उक्त निर्णयले हुवावेको उपभोक्ता व्यापार प्रभावित हुनसक्ने बताइएको छ । यद्यपी हुवावेले ओपन सोर्स लाइसेन्सका माध्यमबाट उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टमको भर्जन प्रयोग गर्न सक्नेछ ।

यद्यपी यस विषयमा हुवावेका तर्फबाट हालसम्म कुनै पनि प्रकारको प्रतिक्रिया आइसकेको छैन । दुई महिना पहिले मात्र कम्पनीका सीईओले हुवावेले प्लान बी का अनुसार, मोबाइल अपरेटिङ सिस्टम तयार गरिरहेको बताएका थिए ।

हुवावे विश्वको सबैभन्दा ठूलो दुरसञ्चार उपकरण निर्माता र दोस्रो ठूलो स्मार्टफोन बेच्ने कम्पनीको रुपमा रहेको छ । एजेन्सी




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।