अमेजनमा अनलाइन सपिङ गर्दा फोनको पार्सलमा निस्कियो साबुन

Oct 31, 2018 Merolagani



आजकल अनलाइन सपिङ गर्ने प्रचलन बढ्दो मात्रामा रहेको छ । व्यस्त जीवनशैली र प्रविधिको विकासका कारण मानिसहरु कुनै पनि सामान किन्न सपिङ सेन्टरमा जान भन्दा पनि सिधै अनलाइन मार्फत हेरेर आफूलाई चाहिएको कुराहरु अर्डर गर्ने गर्दछन् ।

तर आफूले अर्डर गरेको कुरा डेलिभरी नभई अन्य कुनै सस्तो सामान हात पर्याे भने? यस्तै एउटा घटना भारतमा भएको छ ।

त्यहाँ एकजना व्यक्तिले अनलाइन मार्फत मोबाइल किन्दा साबुन प्याक गरिएको पार्सल पाएका छन् । यसका लागि मोबाइल इकमर्श वेभसाइट अमेजनको इन्डिया प्रमुख समेत ४ जना विरुद्ध मुद्दा दर्ता गराइएको छ ।

पीडित व्यक्तिको आरोप रहेको छ कि, उसले वेबसाइटबाट स्मार्टफोन किनेका थिए तर पार्सलमा एउटा साबुन मात्र रहेको थियो ।

ग्रेटर नोएडाको बिसरख थानामा दर्ता गराइएको उजुरी अनुसार, पीडितले अमेजन वेबसाइटमार्फत एउटा स्मार्टफोन किनेका थिए । २७ अक्टोबरमा कम्पनीले उनको अर्डर डेलिभर गरेको थियो । जब पीडितले पार्सल खोलेर हेरे, तब त्यसमा फोनको सट्टा साबुन निस्कियो ।

पुलिसका अनुसार आरोपिहरुका विरुद्ध मुद्दा दर्ता गराइएको छ । अमेजनले यस मामलाको पुष्टि गरेको छ । साथै पीडित व्यक्तिलाई पूरै पैसा फिर्ता गराउने प्रक्रिया सुरु भइसकेको पनि बताइएको छ । एजेन्सी




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।