हिमालय ऊर्जाको शेयरमूल्यमा नेगेटिभ सर्किट

May 22, 2019 Merolagani

बुधबारदेखी शेयर कारोबार खुलेको हिमालय ऊर्जा विकास कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । ‘एचयुआरजेए’ कारोबार संकेतमा खुला भएको कम्पनीको शेयरमा पन्ध्र मिनेट नपुग्दै नेगेटिभ सर्किट लागेको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८ रुपैयाँ ३६ पैसा देखि २९५ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ। सो अनुसार १६० रुपैयाँमा शेयर कारोबार खुला भएको कम्पनीको शेयरमूल्य दश प्रतिशतले घटेर १४४ रुपैयाँमा झरेको छ । कारोबार खुला भएको आधा घण्टा अवधिमा कम्पनीको करिब पाँच हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

नेप्सेको मार्केट डेप्थमा बिक्रीकर्ताको चाप छ भने खरिदकर्ताले अर्डर प्लसमेन्ट राखेका छैनन् । तर कारोबार भने भैरहेको छ । शेयरमूल्यमा सर्किट लागेपछि न्यूनतम मूल्यमा नै शेयर उठाउने क्रम बढ्दा बायर लिस्ट खाली देखिन्छ ।

 

कम्पनीको साधारण शेयर सहित ९९ लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकृत भएको थियो।

हिमालय ऊर्जाले चैत २० देखि २५ गतेसम्म जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरि गत वैशाख ३ गते बाँडफाँड गरेको थियो। आईपिओमा अधिकांश आवेदकले २० कित्ता र ३ प्रतिशत आवेदकले १० कित्ता शेयर पाएका थिए।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ।

हिमालय ऊर्जाको शेयर कारोबार खुल्यो, ‘HURJA’ कारोबार संकेत प्रदान

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।