गुहेश्वरी मर्चेण्ट कनेक्ट आईपिएस प्रणालीमा, ग्राहकलाई थपियो यस्ता सुविधा

May 23, 2019 Merolagani



गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपिएसमा आबद्ध भएको छ । फाइनान्सले ग्राहकहरुलाई कनेक्ट आईपिएस सञ्चालनको लागि नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरि सेवा शुभारम्भ गरेको हो।

सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र फाइनानन्सका प्रमुख कार्यकारी अधिकृत दीनेश लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा फाइनान्स आबद्ध भएसँगै ग्राहकहरुले सहज, सरल र सुरक्षित माध्यमबाट गर्न सक्नेछन् ।

जस अन्तर्गत अनलाइन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, नेपाल सरकारलाई गरिने भुक्तानी लोकसेवा, आन्तरिक राजस्व), शेयर ब्रोकर भुक्तानी, डिम्याट शुल्क, डिपी शुल्क, क्रेडिट कार्ड भुक्तानी, मोबाइल वालेट लोडरअनलोड तथा अन्य क्रेडिटर भुक्तानीहरु र मोवाइल अथवा पेमेन्ट प्रोसेसर (गेटवे) मार्फत आफ्नो कारोबार गर्ने व्यवस्था रहेका छन्।

आफ्नो बैंक खाताबाट प्रतिकारोबार एक लाख रुपैयाँसम्मको भुक्तानी अनलाईन मार्फत गर्नसक्ने भएका छन्। यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले डब्लुडब्लुडट कनेक्टआईपिएस डट कम मा गई आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिङ्क गराई यसमा उपलब्ध हुने सेवाहरु प्रयोग गरि कारोबारहरु गर्न सक्ने व्यवस्था छ ।

कनेक्ट आईपिएसमा अनलाईन मार्फत प्रतिकारोबार एक लाख रुपैयाँसम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ । बैंकका ग्राहकहरुले एक दिनमा दश वटा कारोबार गर्न सकिनेछ भने मासिक एक खाताबाट १० लाख रुपैयाँसम्मको कारोबार यसबाट गर्न सक्नेछन्।

यो प्रणाली मार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम सङ्ख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायतका भरपर्दा आधुनिक सेवा रहेकाले आगामी दिनमा अन्य वित्तीय संस्थाहरुलाई पनि यो प्रणालीमा आबद्ध गराउने लक्ष्य क्लियरिङ्ग हाउसको छ ।

गुहेश्वरी फाइनान्सले बैंकिङ्ग सेवामा डेबिट कार्ड सेवा, एस.एम.एस बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेषण सेवा, सुरक्षित लकर, सेवा, निक्षेप सदस्य सेवा, सि आश्वा सेवा र आईपिएस सेवा प्रदान गर्दै आइरहेको छ। साथै फाइनान्सले मोबाइल बैंकिङ्ग सेवाको लागि प्रकृया अगाडि बढाएको जनाएको छ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित संस्था क्लियरिङ्ग हाउसले विद्युत्तिय कारोबार प्रणालीको कारोबार बढाउन सीमित समयका लागि आईपिएस कनेक्टमा आबद्ध हुने ग्राहकहको बैंक खातामा प्रोत्साहन स्वरुप एक सय रुपैयाँ प्रदान गर्दै आइरहेको छ।

कनेक्ट आईपिएस इ पेमेन्ट प्रणालीमा हाल करिब ४ दर्जन बैंक तथा वित्तीय संस्थाहरुले सेवा उपलब्ध गराउाँदै आइरहेका छन्।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।