रिलायन्स लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्न प्रकृया थाल्यो

Jun 02, 2019 Merolagani



रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारण शेयर (आईपिओ) निष्काशन गर्ने प्रकृया थालेको छ। इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रूपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने प्रकृया थालेको हो ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ । एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो।

आईपिओ निष्काशन गर्न इन्स्योरेन्सले निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटललाई दिएको छ। यस बिषयमा रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा क्यापिटलबीच सम्झौता भएको छ।

सम्झौता पत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन्।

सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरूद्वारा प्रर्वद्धित रिलायन्स लाइफ इन्स्योरेन्सले २०७४ मंसिर १ गतेदेखि विधिवत् रूपमा कारोबार शुरू गरेको थियो ।

इन्स्योरेन्सले हाल ८८ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गर्दै आएको छ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।