देवः विकास बैंकको साधारण सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव

Jun 03, 2019 Merolagani

देवः विकास बैंक (DBBL) ले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश र वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्तीसँग सम्बन्धित विभिन्न प्रस्ताव उपर छलफल गरि पारित गर्न अगामी असार १२ गते बिहीबार बाह्रों वार्षिक साधारण सभा आह्वान गरेको छ ।

नेपाल पुलिस क्लव भृकृटीमण्डपमा बिहान ११ बजे बोलाइएको सभाले सञ्चालक समतिले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८ रुपैयाँको ५.५ प्रतिशत अर्थात १३ लाख ९३ हजार ५२४ कित्ता बोनस बोनस वितरण गर्ने प्रस्ताव गर्नेछ ।

यसैगरि वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्तीसँग सम्बन्धित खर्च, सम्झौता, एक बराबरको एक स्वाप रेसियो, तथा अन्य कार्यहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा छ ।

बैंकले अझै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ती तथा विदेशी रणनैतिक साझेदार भित्र्याउन आवश्यक कार्यहरु गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रत्योजन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन्।

जेठ १३ गते बसेको संचालक समितिको २७६ औं बैठकले असार ६ गते देखि १२ गते सम्म शेयरधनी दर्ता किताव बन्द (बुक क्लोज) गर्ने मिति निर्धारण गरेको छ । यस अनुसार असार ५ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र बैंकको लाभांश पाउनेछन् ।

उता वेष्टर्न डेभलपमेन्ट बैंकले पनि देव विकास बैंकसँग प्राप्ती हुने सम्बन्धमा सोही दिन (असार १२ गते) होटल सीटी दाङमा साधारण सभा बोलाएको छ

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।