विजय लघुवित्तले बोनस वितरण, भौतिक शेयर डिम्याट गर्न आग्रह

Jun 03, 2019 Merolagani



विजय लघुवित्त (VLBS) ले आफ्नो शेयरधनीहरुलाई शेयर लाभांश वितरण गर्न थालेको छ । लघुवित्तले गत वर्षको मुनाफाबाट वितरण गर्ने १० प्रतिशत बोनस शेयर वितरण गर्न थालेको हो।

लघुवित्तको शेयर राजिष्ट्रार एनआईबिएल एस क्यापिटलका अनुसार २०७५ मंसिर २७ गतेसम्म आफुसँग भएका शेयरहरु अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर हितग्राही खातामा जम्मा गरिएको जनाएको छ । 

२०७५ मंसिर २७ गते पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुलाई क्रमश बोनस शेयर जम्मा गर्ने व्यवस्था गरिएको लघुवित्तले जनाएको छ । २०७५ पुस १४ गते सम्पन्न छैटौं वार्षिकसाधारण सभाबाट गत वर्षको मुनाफाबाट कम्पनीले दश प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

हाल सम्म पनि कागजी शेयर धारण गरि शेयर अभौतिकीकरण नगरेका शेयरधनीरुलाई आफ्नो शेयर अभौतिकरण गराई बोनस शेयर हितग्राही खातामा जम्मा हुने व्यवस्था मिलाउनएनआईबिएल एस क्यापिटलले सम्बन्धित शेयरधनीलाई भनेको छ।

साथै शेयर धितोबन्धक राखी कर्जा लिएका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा गर्न पनि सूचीत गराइएको छ। बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख पुगेको छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।