विजय लघुवित्तले बोनस वितरण, भौतिक शेयर डिम्याट गर्न आग्रह

Jun 03, 2019 Merolagani



विजय लघुवित्त (VLBS) ले आफ्नो शेयरधनीहरुलाई शेयर लाभांश वितरण गर्न थालेको छ । लघुवित्तले गत वर्षको मुनाफाबाट वितरण गर्ने १० प्रतिशत बोनस शेयर वितरण गर्न थालेको हो।

लघुवित्तको शेयर राजिष्ट्रार एनआईबिएल एस क्यापिटलका अनुसार २०७५ मंसिर २७ गतेसम्म आफुसँग भएका शेयरहरु अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर हितग्राही खातामा जम्मा गरिएको जनाएको छ । 

२०७५ मंसिर २७ गते पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुलाई क्रमश बोनस शेयर जम्मा गर्ने व्यवस्था गरिएको लघुवित्तले जनाएको छ । २०७५ पुस १४ गते सम्पन्न छैटौं वार्षिकसाधारण सभाबाट गत वर्षको मुनाफाबाट कम्पनीले दश प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

हाल सम्म पनि कागजी शेयर धारण गरि शेयर अभौतिकीकरण नगरेका शेयरधनीरुलाई आफ्नो शेयर अभौतिकरण गराई बोनस शेयर हितग्राही खातामा जम्मा हुने व्यवस्था मिलाउनएनआईबिएल एस क्यापिटलले सम्बन्धित शेयरधनीलाई भनेको छ।

साथै शेयर धितोबन्धक राखी कर्जा लिएका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा गर्न पनि सूचीत गराइएको छ। बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख पुगेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।