नेपाल बङ्गलादेश बैंकको १२ प्रतिशत बोनस वितरण

Apr 18, 2018 Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) ले २३ औं बार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस सेयर वितरण भएको छ । बैंकले सभाका लागि बुकक्लोज भन्दा पहिले सेयर अभौतिकिकरण गरेका सेयरधनीको बोनस चैत २३ गते उनीहरुकै डिम्याट खातामा पठाएको हो ।

बुकक्लोज पश्चात सेयर अभौतिकिकरण गर्ने सेयरधनीको बोनस सेयर हितग्राही नम्बर प्राप्त भएपछि क्रमशः डिम्याट खातामा पठाउने बैंकले जनाएको छ । 

हालसम्म पनि सेयर अभौतिकिकरण नगरेका सेयरधनीले यसै बैंकको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल तथा कुनै पनि निक्षेप सदस्य वा बङ्गलादेश बैंकमार्फत हितग्राही खाता खोलेर डिम्याट गरेपश्चात मात्र जम्मा हुने बैंकले जानकारी गराएको छ ।

साथै, बैंकको २३ औं बार्षिक साधारण सभाले पारित गरेको ३ प्रतिशत नगद लाभांश पनि सोझै सेयरधनीको बैंक खातामा जम्मा हुने जनाउँदै बैकले सेयरधनीलार्इ अाफ्नाे हितग्राही खातामा बैंक खाता विवरण अधावधिक गराउन पनि आग्रह गरेको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।