सहयोगी विकास बैंकको बोनस वितरण

Apr 09, 2018 Merolagani



सहयोगी विकास बैंक (SBBLJ) ले २० प्रतिशत बोनस सेयर सेयरधनिको डिम्याट खातामा जम्मा गरेको जनाएको छ । बैंकले साधारण सभाका लागि बुक क्लोज गरेको दिन मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीलाई बोनस वितरण गरेको हो ।

गत मंसिर २८ गते पश्चात सेयर डिम्याट गर्ने सेयरधनीको बोनस सेयर बैंकले क्रमश: हितग्राही खातामा पठाउने बताएको छ । यसका लागि सेयरधनीले आफ्नो हितग्राही खाता नम्बर सहितको निवेदन बैंकको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल बबरमहलमा बुझाउनुपर्ने बैंकले जनाएको छ ।

हालसम्म पनि सेयर डिम्याट नगरेका सेयरधनीले बैंकको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल तथा अन्य निक्षेप सदस्य मार्फत डिम्याट खाता खोलेर सेयर डिम्याट गराएपश्चात मात्र बोनस सेयर खातामा जम्मा गरिने बैंकले स्पष्ट पारेको छ ।

गत पुस १५ गते सम्पन्न १४ औं बार्षिक साधारण सभाले अाव ०७३/७४ काे नाफाबाट सेयरधनीलार्इ २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

५० करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सहयोगीले चालु अर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।