नागरिक लगानी कोषको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने मंगलबार अन्तिम दिन

Jun 04, 2019 Merolagani



- शेयर बिक्रीबाट प्रिमियरलाई न्यूनतम १२ करोड ५० लाख प्राप्त हुने।
नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक संस्थापक शेयरमा बोलपत्र पेश गर्ने जेठ २१ गते मंगलबार अन्तिम दिन रहेको छ। प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर जेठ १ गतेदेखि बिक्रीमा ल्याएको थियो।

इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मंगलबार कार्यालय समयभित्रमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । संस्थागत प्रकृतिको शेयर भएकाले लिलाम प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु भने सहभागी हुन पाउने छैनन्।

बोलपत्र पेश गर्दा प्रतिकित्ता दुई हजार पाँच सय रुपैयाँ वा सो भन्दा बढी मूल्यमा प्रतिस्पर्धात्मक रुपमा सहभागि हुन सक्नेछन्। न्यूनतम एक सय कित्ता वा दशले भाग जानेगरि अधिकतम ५० हजार कित्तासम्मकै लागि आवेदन गर्न सकिनेछ ।

आवेदन साथ कम्पनी दर्ता, कर दर्ता, शेयर खरिद गर्ने सम्बन्धि सञ्चालक समितिको निर्णयको प्रतिलिपि र सदस्य दलालकहाँ ग्राहक खाता खोल्न आवश्यक ग्राहक परिचय विवरण संलग्न गराउनुपर्नेछ।

बोलपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमल काठमाडौं, प्रिमियर इन्स्योरेन्सको कार्यालय नक्साल, ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, वीरगञ्ज, वाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पनि भर्न सकिनेछ।

जेठ १ गते पश्चात नागरिक लगानी कोषले घोषणा गरेको लाभांश शेयर सकार्नेले संस्थाले नै प्राप्त गर्नेछ । यस लिलामी शेयर बिक्रीबाट प्रिमियर इन्स्योरेन्सले न्यूनतम १२ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले नियामकीय निर्देशनको कारण नभई सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले गर्ने लगानी रणनीति अनुसार नै नागरिक लगानी कोषको उक्त शेयर बिक्रीमा राखिएको मेरोलगानीलाई बताए। यो शेयर बिक्रीबाट हुने आम्दानीलाई कम्पनीले अन्य क्षेत्रमा लगानी गर्ने उनको भनाई छ। 

प्रिमियरले गत आवको नाफाबाट ७९.७७ प्रतिशत बोनस तथा ४.२० प्रतिशत गरि कूल ८३.९९ प्रतिशत लभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।